बर्दघाट नगरपालिकाद्वारा ९७ करोड ७२ लाखको बजेट सार्बजनिक,बिषयगत समिति बिघटन

नवलपरासी,पश्चिम्

पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ का लागि ९७ करोड ७२ लाख बजेट सार्बजनिक गरेको छ ।उपप्रमुख रुद्र प्रकाश उपाध्यायले १६ औ नगर सभाबाट बजेट प्रतिबेदन सार्बजनिक गर्नुभएको हो ।

कुल बिनियोजन रकम मध्ये चालू खर्च तर्फ रु ५७ करोड,४७ लाख,पुजीगत तर्फ रु ४० करोड २७ लाख बजेट बिनियोजन गरिएको छ ।कुल बजेट मध्ये संघ सरकारको श्रोतबाट जम्मा रु ५३ करोड ७० लाख,प्रदेश सरकारबाट रु ३ करोड ५७ लाख ३८ हजार,नगरपालिकाको आन्तरिक श्रोत तर्फ गत बर्षको अल्या समेत रु १६ करोड,राजश्व बाडफाड तर्फ रु २३ करोड ९४ लाख ६२ हजार बिनियोजन गरिएको छ ।

कुल बजेट मध्ये रु ५० लाख बजेट नागरिकको लागत सहभागीता बाट प्राप्त हुने अनुमान गरिको बजेटमा समावेस रहेको छ ।त्यसै गरी बिपद ब्यवस्थापन कोष तर्फ ४० लाख र नमुना वडा बिकास कार्यक्रम तर्फ रु १ करोड बिनियोजन गरिएको छ ।

नगरपालिकाले नीति तथा कार्यक्रम कृषि स्वास्थ्य शिक्षा र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढिएको जनाएको छ ।नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगर गौरवका योजना लाई समेत बजेटमा प्राथमिकता दिईने उल्लेख गर्नुभयो । वडा बाट आएका योजनाहरुलाई प्राथमिकिकरण गरेर बजेट संसोधन गरिएको समेत श्रेष्ठले जानकारी दिनुभयो ।”


यसै गरी नगरसभाले पदावधिको समय सकिएकाले सबै बिषयगत समितीहरुलाई समेत बिघटन गरेको छ ।पुनः नया बिषयगत समितिहरु गठन गरेर अघि बढिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो।त्यस्तै नगर सभाले बिबिन्न बिधयेक एव ऎनहरु समेत सर्वसम्मतले पारित गरेको छ ।अन्तिम नगर सभा असार २७ गते हुने बताईएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस