प्रदेश सरकारमा बसेका केही सिमित डनहरुले बजेट कब्जा गरे : सभापति पुन

  • hamroaakha
  • / राजनीति /
  • २०८२ अषाढ ९, सोमबार (२० घण्टा अघि)
  • ९३ पटक पढिएको

नवलपरासी,पश्चिम

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले लुम्बिनी प्रदेशको बजेट केही निहित ब्यक्तिको स्वार्थमा कब्जा भएको आरोप लगाएका छन ।

सत्ता पक्षकै मन्त्री र प्रदेशसभा सदस्यको असन्तुष्टि चुलिँदै गएपछि संसदीय दलको बैठकले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाउन माग गरीको समेत पुनले बताए ।

“हामिले बोलाएर आउने न आउने कुरा उनिहरुको हो,बजेट निहित ब्यक्तिको स्वार्थमा आयो,कतिपय मन्त्रीले सचिवलाई समेत थाहा नदिई बजेट बनाईयो “पुनले भने ।पुनले थपे-प्रदेश योजना आयोग छ आयोगलाई समेत बाईपास गरियो,सरकारमै बसेका केही सिमित डनहरुले आफुलाई केन्द्रबिन्दुमा राखेर बजेट बनाए,कब्जा गरे “।

टेलिफोन कुराकानीमा सभापति पुनले संघियताको पुर्ण कार्यान्वयन गर्ने कुरामा जनतालाई प्रदेशप्रती बिश्वास जगाउन समावेशी रुपमा योजना बाडफाड हुनुपर्ने बताए ।”पुर्वी रुकुमको आवश्यकता केहो ,पाल्पाको आवश्यकता के हो र बर्दियाको के हो भन्ने कुरा प्लान नै नगरी हचुवाका भरमा बजेट आएको छ”उनले भने

कांग्रेसकै आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षका लागि असार १ गते ३८ अर्ब ९१ करोडको बजेट प्रस्तुत गरेका थिए ।

आइतबारको कांग्रेस संसदीय दलको बैठकमा पनि सांसदले सिफारिस गरेका योजना धेरै छुटेको विषयमा छलफल भएको र कांग्रेसका मन्त्रीको कार्यसम्पादन पनि कमजोर भएको काङ्ग्रेस सांसदहरुकै ठम्याई छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस