नवलपरासी,पश्चिम्।पश्चिम नवलपरासीको सुनवलमा छोराले आफ्नै बाबुको हत्या गरेका छन ।
आज बिहान सुनवल नगरपालिका वडा नम्बर दुई अवरहियाका खेमराज थारुले आफ्नै बाबु ५० वर्षीय जयराम थारु सहित एक जना छिमेकिको समेत हत्या गरेका हुन् ।
बाबुको हत्या पछि उनले छिमेकी ७० वर्षीय वृद्ध नाथु धरिकारको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विरदत्त पन्तले जानकारी दिनुभयो । उनकोदालो प्रहार गरी बीभत्स रूपमा बाबुको हत्या गरेपछि सोही कोदालो प्रहार गरी छिमेकीको समेत हत्या गरेका हुन् ।
घटनाको विषयमा बुझन जाने क्रममा छिमेकी धरिकारलाई समेत उनले कोदालो प्रहार गरेका थिए । कोदालो बोकेर स्थानीयलाई आतङ्कित बनाइरहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी आन्तरिक विवादको क्रममा हत्याको घटना भएको र उनी बिगत देखि नै लागू औषध सेवन कर्ता रहेको र केहि समय अघि मात्रै सुधार केन्द्रबाट फर्किएको पन्तले बताउनु भयो । यद्यपि घटनाबारे थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरीले जनाएको छ ।