सुनवलबाट अवैध रुपमा गोरु ओसार पसार गर्ने दुईजना ट्रक सहित पक्राउ

  • hamroaakha
  • / अपराध /
  • २०८२ जेष्ठ ८, बिहिबार (३ महिना अघि)
  • १७५ पटक पढिएको

नवलपरासी,पश्चिम्

अवैध रुपमा गोरु ओसार पसार गर्ने दुई जनालाई प्रहरीले ट्रक सहित नियन्त्रणमा लिएको छ ।सुनव नगरपालिका वडा नम्बर ११ स्थित बाबा बर्दगोरिया बनबाट सुचनाका आधारमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तका अनुसार बा प्र अ ०३००१ ख ३४७५ नम्बरको ट्रकमा लोड गरीएका १३ वटा जिउँदो गोरु सहित उक्त कार्यमा सम्लग्न २ जनालाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका १३ बस्ने बर्ष २३ को ट्रक चालक मनोज बिश्वकर्मा र सोही ठाउँ बस्ने बर्ष २३ को अजय लुङ्वा रहेका छन ।

उनिहरुले गोरुको सिङ र नाक मुख समेतको भागमा डोरीले बाधी निर्दयिपुर्वक अवस्थामा लैजादै गरेको प्रहरीले बताएको छ ।पक्राउ परेका दुबै उपर १० दिनको म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस