बर्दघाट
उद्योग ब्यापार सङ्घ बर्दघाट र लुम्बिनी केबलकार लिमिटेड सँग दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सङ्घका अध्यक्ष राजु न्यौपाने र केबलकार कम्पनीका अपरेशनल म्यानेजर डिल्ली नारायण कायस्थले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारी पत्रमा उद्योग ब्यापार सङ्घमा आबद्ध सम्पूर्ण सदस्यहरूलाई टिकट पाँच सय मात्र लाग्ने उल्लेख छ ।
लुम्बिनी केबलकार लिमिटेडले साधारण तर्फ प्रति व्यक्ति ७ सय ५० टिकेट शुल्क लिँदै आएको छ । समझदारी पछि बोल्दै अपरेशनल म्यानेजर कायस्थले संस्थागत रुपमा भएको समझदारीले दुवै पक्षलाई सहयोग हुने उल्लेख गर्नुभयो । उहाँले बर्दघाट उद्योग ब्यापार सङ्घमा आबद्ध भएका सम्पूर्ण सदस्यहरूलाई सुविधा उपलब्ध गराइने जानकारी दिनुभयो ।
सङ्घका अध्यक्ष न्यौपानेले यसै पनि केबलकार चढ्नका लागि आउने सदस्यहरूले समझदारी भए सँगै अब छुट सुविधा प्रयोग गर्न पाउने बताउनुभयो । उहाँले सङ्घमा आबद्ध हुने सदस्यहरूले यसको भरपुर सदुपयोग गर्नेमा आशावादी रहेको बताउनुभयो ।
दुवै पक्षको हस्ताक्षर पछि छुट सुविधा लागू भैसकेको छ । सङ्घले उद्योगी व्यवसायीको हितका लागि अन्र संस्था समझदारी अभियान सञ्चालन गरिरहेको छ । स्थापना भएको छोटो समय भए पनि विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।
सदस्यता विस्तार कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाइने अध्यक्ष न्यौपानेले बताउनुभयो । सङ्घमा आबद्ध हुने उद्योगी व्यवसायी सदस्यहरूलाई उनीहरूको व्यवसयीक सुरक्षा र विकास सँगै विभिन्न सेवा सुविधाहरू प्राप्त गर्न सकिनेगरी काम गरिरहेको महासचिव नारायण भण्डारीले बताउनुभयो ।