आगलागीले सुनवलमा १० कट्ठामा लगाईएको उखु नष्ट

 

नवलपरासी

पश्चिम नवलपरासीको सुनवलमा बिहीबार आगलागी हुँदा १० कठ्ठा क्षेत्रफलमा लगाएको उखु खेती नष्ट भएको छ । सुनवल-२ रजहवामा प्रलाद पासीको खेतमा आगलागी हुदा बाँली नष्ट भएको हो ।

छिमेकी श्यामबहादुर भण्डारीले आफ्नो खेतमा झारपात जलाउने क्रममा हावाका कारण पासीको खेतमा आगो सल्किएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताउनुभयो । चर्को घाम र हावा चलेको कारण आगो निभाउन समय लागेको थियो । रामग्राम नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए ।

ताजा अपडेट

१ दिन अघि

(Untitled)

खोजी गर्नुहोस