पत्रकारलाई ज्यु ज्यानको धम्की,दोषीलाई कारबाही गर्न माग

  • hamroaakha
  • / समाचार /
  • २०८२ बैशाख १२, शुक्रबार (४ दिन अघि)
  • ९७ पटक पढिएको

पत्रकार रञ्जित कुमार लोहारलाई ज्यु ज्यानको धम्की दिइएको भन्दै प्रेस युनियन पश्चिम् नवलपरासीले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

बैशाख ९ गते भारतको जम्मू-कश्मीरस्थित पहलगाममा भएको आतंकी हमलाबारे सामाजिक सञ्जालमार्फत आफ्ना बिचार अभिव्यक्त गर्न खोजेका पत्रकार लोहारमाथि पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ स्थित एक धार्मिक शिक्षालय (मदरसा) का प्रधानाध्यापक जुल्फेकार अहमदबाट मोबाइल एसएमएसमार्फत धम्की आएको जनाइएको छ।

पत्रकार लोहारले आफूले सामान्य व्यक्तिगत धारणा राखी “Tek Xetri” नामक फेसबुक पेजमा सार्वजनिक भएको विषयवस्तु सेयर मात्र गरेको बताए। उक्त पोस्टमा आतंकवादी हमलाको समर्थन हुने किसिमका अभिव्यक्तिहरू रहेको शर्माको भनाई छ ।

युनियन लगायत पत्रकार सग आबद्ध संघ सस्थाले उक्त कार्य पत्रकारिताको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सद्भावमाथिको गम्भीर आक्रमण भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। साथै, दोषीलाई कानुनी दायरामा ल्याउन प्रशासन र सुरक्षा निकायहरूलाई आग्रह गरिएको छ।

प्रेस क्लबले सम्पूर्ण पत्रकार, नागरिक समाज, मानव अधिकारकर्मी र कानुनी क्षेत्रमा संलग्न व्यक्तिहरूलाई एकजुट भई यस्ता घटना विरुद्ध आवाज उठाउन समेत आह्वान गरेको छ।उनी राजधानी राष्ट्रिय दैनिक र बिभिन्न न्युज अनलाईनहरुमा आवद्ध  छ्न ।

ताजा अपडेट

खोजी गर्नुहोस