दाउन्नेदेवी स्वास्थ्य चौकी पोषण मैत्री घोषणा

  • hamroaakha
  • / अन्य /
  • २०८२ बैशाख १२, शुक्रबार (४ दिन अघि)
  • १३२ पटक पढिएको

 

बर्दघाट

बर्दघाट नगरपालिका वडा नम्बर १४ मा रहेको दाउन्नेदेवी स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य सस्था घोषणा गरिएको छ।एक कार्यक्रमका बिच नगरप्रमुख शम्भुलाल श्रेष्ठले उक्त घोषणा गर्नु भएको हो।

कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले स्वास्थ्य सेवालाई आम नागरिक सम्म पुर्याउनका लागि प्राथमिकता साथ लगानी गर्दै आईरहेको उल्लेख गर्नु भयो ।अब स्वास्थ्य जिवन रहन योगभ्यासमा जोड दिन समेत उहाँले आग्रह गर्नु भयो ।नगरभित्र रहेका १७ वटा स्वास्थ्य सस्थाहरु मध्ये ९ वटा स्वास्थ्य सस्थाहरु पोषण मैत्री घोषणा भएको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।

वडा अध्यक्ष सन्तबहादुर गाहले केही समय अघि वडामा कुपोषित बालबालिका देखिएपनी अहिले शून्य रहेको उल्लेख गर्दै घोषणा मात्र नभै यसलाई दिगो रुपमा कायम राख्न चुनौती रहेको बताउनु भयो ।

सक्रियताका साथ सबै सुचक एवम् मापदण्डहरु पूरा पूरा गरी पोषण मैत्री घोषणा गरिएको र आगामी दिनमा सेवालाई थप ब्यवस्थित र सरलिकृत गर्दै लगिने स्वास्थ्य चौकी प्रमुख मुक्तिराम बस्यालले बताउनु भयो ।दाउन्नेदेवी स्वास्थ्य चौकी बर्थिङ सेन्टरको रुपमा समेत रहेको छ ।

कार्यक्रम स्वास्थ्यकर्मी एवम् महिला स्वास्थ्! स्वयंसेविकाहरुलाई सम्मान्समेत गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस