नवलपरासिको प्रतापपुरमा चितुवाको आक्रमणबाट ४ जना घाईते

  • hamroaakha
  • / समाचार /
  • २०८२ बैशाख १२, शुक्रबार (४ दिन अघि)
  • ९९ पटक पढिएको

नवलपरासी,पश्चिम्

पश्चिम् नवलपरासीको प्रतापपुरमा चितुवाको आक्रमण बाट ४ जना घाईते भएका छन ।जिल्लाको ग्रामिण भेग वडा नम्बर ६ स्थित गुठीप्रसौनीमा आफ्नै खेतमा काम गरिरहेका बर्ष ३६ का रघुबिर केवट सहित ४ जना चितुवाको आक्रमण बाट घाईते भएको प्रहरीले जनाएको छ

घाईते हुनेमा सोही ठाउँ निवासी बर्ष ३० का प्रेम कोईरी,बर्ष २८ का उमालाल कोईरी र सुस्ता गाउँपालिका ५ बस्ने बर्ष २७ का महमद मिया घाइते भएको प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिनु भयो ।

केवटको ढाड खुट्टा र हातमा चोट लागेको छ् भने अन्यको पनि हात र खुट्टामा चोट लागेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।उपचार पछि उनिहरु सबै घर फर्किएका छ्न ।

 

ताजा अपडेट

खोजी गर्नुहोस