कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्षलाई लक्षित गरी गोली प्रहार

  • hamroaakha
  • / अपराध /
  • २०८२ बैशाख ५, शुक्रबार (१ दिन अघि)
  • ८२ पटक पढिएको

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलाई लक्षित गरी बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । राति ११:३० बजेतिर मायादेवी गाउँपालिका -१ पकडीस्थित उनको निवासमा गोली प्रहार भएको अध्यक्ष चौधरीले जानकारी दिए। उनले ज्यानै लिनेगरी भएको घटनाले आफू निकै दु:खी भएको बताए।

अध्यक्षले आफूमाथि गोली प्रहार भएको खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए। अध्यक्षलाई लक्षित गरी प्रहार भएको गोली भित्तामा लागेको उनको भनाइ छ ।

राति बत्ती गएको समयमा शौचालय गएर फर्किने क्रममा अध्यक्षमाथि गोली प्रहार भएकोबारे जानकारी प्रहरीलाई आएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ।घटनास्थलबाट एक थान गोली र गोलिको खोका बरामद भएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस