सडक चिप्लो हुँदा दाउन्नेमा सवारी आवागमनमा अवरोध

  • hamroaakha
  • / समाचार /
  • २०८१ चैत्र २७, बिहिबार (५ महिना अघि)
  • १३७ पटक पढिएको

बर्दघाट

दाउन्नेमा हिलोले सवारी आवागमनमा समस्या निम्तिएको छ । राजमार्ग निर्माण गर्ने ठेकेदारले बिहानै धुलाम्य राजमार्गमा पानी हाल्नुका साथै बिहानदेखिको झरीका कारण गाडी चिप्लिन थालेपछि सवारी आवागमनमा समस्या भएको हो ।

राजमार्गमा पानी हालेकै अवस्थामा गाडी चिप्लिन थालेका थिए । त्यसमा अझ बिहानदेखि झरी परेका कारण राजमार्गको बाक्लो धुलो हिलोमा परिणत भएछि राजमार्गमा चिप्लिएर गाडी हिँड्नै नसक्ने अवस्था भएको हो ।अहिले बाटोलो हिलो पन्छाएर गाडी पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख यादव ढकालले जानकारी दिनुभयो ।

“११ बजे देखि दिन बजे सम्म त बन्द हुने सेडुल नै हो तर धुलोका कारण निर्माण कम्पनीले पानी पनि हाल्दा र पानी परेकाले थप चिप्लो भएको छ”ढकालले भन्नुभयो ।

पश्चिमबाट पूर्वतर्फ जाने गाडी बर्दघाट, सुनवल क्षेत्रमा रोकिएको र काठमाडौं, पोखरा र विरगन्जबाट पश्चिम तर्फ जाने गाडी गैंडाकोट, रजहर, कावासोती, चोरमारा र अरुणखोलमा रोकेको ढकालले जानकारी दिनुभयो ।

दाउन्नेमा हिलोले सवारी आवागमनमा समस्या निम्तिएको छ । राजमार्ग निर्माण गर्ने ठेकेदारले बिहानै धुलाम्य राजमार्गमा पानी हाल्नुका साथै बिहानदेखिको झरीका कारण गाडी चिप्लिन थालेपछि सवारी आवागमनमा समस्या भएको हो ।

ढकालका अनुसार धुलाम्य राजमार्गमा पानी हालेकै अवस्थामा गाडी चिप्लिन थालेका थिए । त्यसमा अझ बिहानदेखि झरी परेका कारण राजमार्गको बाक्लो धुलो हिलोमा परिणत भएछि राजमार्गमा चिप्लिएर गाडी हिँड्नै नसक्ने अवस्था भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाने गाडी बर्दघाट, सुनवल क्षेत्रमा रोकिएको र काठमाडौं, पोखरा र विरगन्जबाट पश्चिम तर्फ जाने गाडी गैंडाकोट, रजहर, कावासोती, चोरमारा र अरुणखोलमा रोकेको ढकालले जानकारी दिनुभयो।

बिहीबार बिहानदेखि पूर्वी नवलपरासीमा सामान्य भरी परेको छ । राजमार्ग फराकिलो पार्न दाउन्नेमा सडक भत्काएर छोडेका कारण २, ३ फिटसम्मै बाक्लो धुलो छ ।

ताजा अपडेट

खोजी गर्नुहोस