नवलपरासी : खैरो हेरोईन सहित दुई भारतिय पक्राउ

  • hamroaakha
  • / अपराध /
  • २०८१ चैत्र २४, सोमबार (१ हप्ता अघि)
  • ९७ पटक पढिएको

नवलपरासी,पश्चिम्

प्रहरीले नवलपरासीबाट खैरो हिरोईन सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ चमनटोला स्थित भित्री सडक खण्डमा शङ्का लागि खानतलासी गर्दा विभिन्न प्रकारका लागुऔषध फेला पारेको हो ।

चेकजाँचका क्रममा युपि ५६ ए जे ५८६७ नम्बरको मोटरसाइकलको सिटकभर मुनि लुकाई राखेको (onerex) झोल १ सय एम एल को १५ बोत्तल र स्पास्मो ट्याबलेट ४९ वटा बरामद भएको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महाराजगन्ज मधौलिया बस्ने बर्ष २५ का बिजय मधेसीया र मोटरसाइकल चालक महाराजगन्ज पोष्ट डगरुपुर बर्गदवा बस्ने बर्ष ३४ को डब्लु भन्ने पंकज कुमार दुबे रहेका छ्न ।उनको साथबाट अन्डरवेयरको तुनामा लुकाएको अवस्थामा प्रहरीले ३ ग्राम ९१० मिलिग्राम(४ पुरिया) खैरो हेरोईन समेत फेला परेको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बीरदत्त पन्तले जानकारी दिनुभयो ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत परासीबाट १० दिनको म्याद लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस