काठमाडौ।सहकारी गठी प्रकरणमा पक्राउ पुर्जी जारी भएदेखि फरार रहेकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित हुनासाथ धरौटीमा रिहा भएकी छिन् ।
बुधबार अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहसपछि मोरङका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
मोरङको धनपालथानमा रहेको उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी उनी बुधबार जिल्ला अदालत मोरङमा उपस्थित भएपछि सोही दिन नै धरौटीमा रिहा भएकी हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरूविरुद्ध गत मंसिर २७ गते मुद्दा दायर गरेको थियो ।
मुद्दा दायरपछि फरार भएकी विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका रहेकी कोइराला बुधबार आफैँ अदालतमा उपस्थित भएकी हुन् ।
अञ्जलासहित २५ जनाविरुद्ध उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।