नवलपरासी
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुघर्टनामा मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् ।
आईतवार सुनवल नगरपालिका-२ बत्रौली स्थित सुनवल परासी भित्री सडक खण्डमा परासीबाट सुनवल तर्फ आउदै गरेको लु ९८ प १७५३ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सोही दिशा तर्फ रोकी राखेको ईन्जिन बिनाको उखु लोड भएको ट्याक्टरको ट्रालीमा ठक्कर खादा रामग्राम नगरपालिका -५ बस्ने मोटरसाईक चालक १८ बर्षिय दिप प्रजापतिको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाईकलमा पछाडी सवार सोही ठाँउ बस्ने १९ बर्षिय सुरज सहानी घाईते भएका छन ।