सुस्तामा ट्रकको ठक्करबाट साईकलयात्रुको मृत्यु

  • hamroaakha
  • / समाचार /
  • २०८१ मंसिर ४, मंगलबार (५ महिना अघि)
  • १४७ पटक पढिएको

 

नवलपरासी/पश्चिम्

सुस्तामा ट्रकको ठक्करबाट साईकल यात्रुको मृत्यु भएको छ ।सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवा स्थित भित्री सडक खण्डमा बर्दघाट बाट त्रिबेणि तर्फ जाँदै गरेको लु २ ख ८९३ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको साईकलयात्री लाई ठक्कर दिदा उनको मृत्यु भएको प्रहरीले जनाको छ ।

मृत्यु हुनेमा सुस्ता १ बरुवा बस्ने बर्ष ६५ का रामजी नेपाली रहेका छ्न ।सख्त घाईते भएका उनलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस