सुस्तामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

 

नवलपरासी

पश्चिम नवलपरासीको सुस्तामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गएराती सुस्ता गाउँपालिका-२ सतपतीस्थित भित्री सडक खण्डमा बरुवाबाट कुडियातर्फ जाँदै गरेको लु १८ प ५८४९ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा ४५ वर्षीय दलबहादुर चौधरीको मृत्यु भएको हो ।

घाइते चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोटपश्चात् उपचारका लागि क्रिमसन हस्पिटल मणिग्राम पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस