क्षयरोग न्यूनिकरण गर्न नवलपरासी र रुपन्देहीमा तीन बर्षे परियोजना

 

नवलपरासी

सम्भावित क्षयरोगका बिरामीको प्रिभेन्टिभ थेरापी विधिबाट उपचार गर्ने उद्देश्यले पश्चिम नवलपरासी र रूपन्देही गरी दुई जिल्लामा परियोजना लागू भएको छ । नेपालमा बढ्दो अवस्थामा रहेको क्षयरोगलाई नियन्त्रणका लागि रूपन्देही र नवलपरासीमा विशेष परियोजना लागू भएको हो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र अन्तर्गत विराट नेपाल मेडिकल ट्रस्ट ( बि.एन.एमटि ) संस्था द्धारा यी दुई जिल्लामा सि.आर.आई.टि.आई.सि नामक परियोजना लागू भएको गरिएको हो । द युनियनको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजना तीन वर्ष सम्म चल्ने छ ।

परियोजना अन्तर्गत क्षयरोगका बिरामी सँग नजिक रहेका घरपरिवारका सदस्यहरूको खकार परिक्षण गर्ने , छातीको एक्सरे गर्ने र सिवाईटिबी परिक्षण पश्चात रिपोर्टका आधारमा औषधी चलाइने योजना रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका सिनियर मेडिकल टेक्नोलजिस्ट पद्यमानभ घिमिरे जानकारी दिनुभयो ।

परियोजना अन्तर्गत सम्भावित क्षयरोगका बिरामीको सम्पर्कमा आएको र जोखिम समुहमा रहेका व्यक्तिहरूको पहिचान गरि उनिहरुलाई क्षयरोग सम्बन्धी समस्या नआउने भन्ने उद्देश्यले प्रिभेन्टिभ थेरापी विधिबाट उपचार सेवा दिइने परियोजनाका तथ्याङ्क व्यवस्थापन अधिकृत अस्मिता रायमाझीले जानकारी दिनुभयो ।

परियोजना अन्तर्गत सम्भावित क्षयरोगी पत्ता लाग्ने छन् भने सम्भावित क्षयरोग लाग्ने समय बिरामीलाई समयमै उपचार हुने विश्वास लिइएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गैरभ ढकालले जानकारी दिनुभयो ।

क्षयरोगीको सम्पर्कमा रहेको व्यक्तिहरूको पहिचान गरी उनिहरुलाई क्षयरोग सम्बन्धी समस्या नआउने भन्ने उद्देश्यले प्रिभेन्टिभ थेरापी विधिबाट उपचार गरिने पश्चिम नवलपरासीमा करिव ६ हजार २ सय हाराहारीमा नयाँ क्षयरोगी हुन सक्ने पुर्व आकलन गरिएको छ ।

पश्चिम नवलपरासीमा समेत कुष्ठरोगीको संख्या बढ्दो छ छ । जिल्लामा गत आर्थिक वर्ष २०८०/०८१ को एक वर्षको अवधिमा ६८ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । जसमा ५ जना १४ वर्षमुनिका बालबालिका रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ७० जना कुष्ठरोगी भेटिएका थिए जसमा एक जना मात्र बालबालिका थिए तर गत आर्थिक वर्षमा भने कुष्ठरोगी बालबालिकाको संख्यामा पनि वृद्धि भएको छ स्वास्थ्य कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस