दाउन्नेमा सडक मर्मत कार्य जारी

  • hamroaakha
  • / समाचार /
  • २०८१ आश्विन १५, मंगलबार (११ महिना अघि)
  • १२९ पटक पढिएको

नवलपरासी,पश्चिम्

नवलपरासी- पश्चिम नवलपरासीको दाउन्नेमा बाटो भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका-४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व-पश्चिम राजमार्ग भासिएको हो ।

अवरुद्ध सडक खुलाउन चाईनिज कन्स्ट्रक्सन मार्फत गएराती ११ बजेदेखि माटो भर्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

सडक भासिएर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ ।

बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युत्‌को ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।आज केहिबेरमा एकतर्फी रुपमा सडक सञ्चालनका लागि प्रयास भैरहेको बताईएको छ ।

सडक अवरुद्ध हुदा यात्रुहरू अलपत्र परेका छन भने सडकमा रोकिएका सवारीसाधनहरुनिकै लामो लाईन रहेको छ ।हिजो बेलुका देखि सडक अवरुद्ध हुदा यात्रुहरुलाई निकै कठिनाई भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस