पोखरीमा डुबेर नवलपरासीमा एक जनाको मृत्यु

  • hamroaakha
  • / समाचार /
  • २०८१ आश्विन ५, शनिबार (६ महिना अघि)
  • १४७ पटक पढिएको

नवलपरासी,पश्चिम्

पश्चिम नवलपरासीको रामग्राममा आज दिउसो माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । रामग्राम नगरपालिका वडा नम्बर ४ चन्द्रगढीमा रहेको पोखरीमा माछा मार्न गएका रामग्राम ७ उजैनीका ६० वर्षिय रविन्द्र पासिको डुबेर मृत्यु भएको शसस्त्र प्रहरी बल, २६ नम्बर हेडक्वाटरका डिएसपी यज्ञमान साउदले जानकारी दिनुभयो ।

दिउसो साढे एक बजेतिर पोखरीमा डुबेका पासीको शव तिन बजेपछि शसस्त्र प्रहरीको उद्धार टोलीले निकालेको थियो । पोखरीमा डुबेको अवस्थामा भएकाले अन्य व्यक्ति जान नसकेपछि शसस्त्र प्रहरीको तालिम प्राप्त उद्धार टोलीले शव निकालेको साउदले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस