दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगलागी

  • hamroaakha
  • / समाचार /
  • २०८१ आश्विन ४, शुक्रबार (१२ महिना अघि)
  • १७२ पटक पढिएको

 

नवलपरासी,पश्चिम्

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगलागि भएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराका अनुसार पूर्व–पश्चिम राजमार्गमा भैरहवा रुपन्देहीबाट कुरिनटार चितवनको लागि जाँदै गरेको लु.२ख ५१३७ न. को भुस बोकेको ट्रकमा आज बिहान १० बजेतिर पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका ४ पर्ने दाउन्ने जंगलमा आगजनी भएको हो ।

इन्जिन तात्न गई अचानक ट्रकको अगाडिको भागबाट आगो सल्कँदा ट्रकको भुससमेतमा आगजनी भएको हो । आगजनीबाट ट्रक पूर्ण रूपमा क्षति भएको छ ।

बर्दघाट नगरपालिकाको दमकल, प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिइएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस