पाल्हिनन्दनबाट तीन लाखका पटाका बरामद

  • hamroaakha
  • / समाचार /
  • २०८१ आश्विन २, बुधबार (१२ महिना अघि)
  • १२४ पटक पढिएको

पश्चिम नवलपरासीको पाल्हीनन्दन बाट शसस्त्र प्रहरीले ३ लाख बराबरको पटका बरामद गरेको छ । पाल्हीनन्दन गाँउपालिका वडा नम्बर २ भक्सिपुरबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको पटका बरामद गरेको हो । धानको खेत हुदै लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा प्रहरीले पटका बरामद गरेको शसस्त्र प्रहरी नायव उपरिक्षक विष्णु अधिकारीले जानकारी दिनुभयो ।

आतिसबाजी सहितका विभिन्न ब्रान्डका पटका महेसपुर भन्सार कार्यालयमा सरोकारवालाहरुको रोहवरामा नष्ट गरिएको पनि अधिकारीले बताउनुभयो । चाडपर्व नजिकिएसंगै खुल्ला सिमानाको फाईदा उठाउदै भारतबाट पटकाको तस्करी हुने गरेको छ । चाडपर्व आउनुभन्दा दुई तिन महिना अगाडी देखिनै तस्करी हुने गरेको पाईएको छ । गत वर्ष पनि शसस्त्र प्रहरीले ठुला परिमाणमा पटका बरामद गरेको थियो । नवलपरासीको सिमा हुदै आएको पटका काठमान्डौ लगायत विभिन्न सहरमा पुग्ने गरेको बताईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस