लोगो दुरुपयोग नगर्न बर्दघाट नगरपालिकाको अनुरोध

  • hamroaakha
  • / समाचार /
  • २०८१ भाद्र २१, शुक्रबार (१ साल अघि)
  • २८१ पटक पढिएको

नवलपरासी,पश्चिम्

बर्दघाट नगरपालिकाले नगरपालिकाको लोगो दुरुपयोग नगर्न अनुरोध गरेको छ ।पछिल्लो समय नगरको लोगो विभिन्न नामका सामाजिक सन्जालमा देखिन थालेको नगरपालिकाले जारी गरिएको पत्रमा उल्लेख गरिएको छ ।

त्यस्ता पेजहरुबाट अनाधिकृत रुपमा सुचना प्रकाशन तथा प्रशारण गरेको भेटिएको सुचनामा जनाईएको छ ।”कतिपय अवस्थामा आम सेवाग्राही र नागरिकमा समेत यस्ता पेजहरुका कारण भ्रम उत्पन्न भएको छ,सबैलाई आधिकारिकता थाहा नहुन सक्छ, गलत सुचना सप्रेषण हुन सक्छ त्यसैले लोगो प्रयोग गर्नु कानुन बिपरित हो”प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले भन्नू भयो ।

सुचनाको बर्खिलाप गरे कानुन अनुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस