तर, अहिलेसम्म रिट दर्ता भने भैनसकेको कार्कीका कानुन व्यवसायी टिकाबहादुर कुँवरले जानकारी दिए । उनले भने, ‘हामीले आज बिहान साढे १० बजे नै रिट पेश गरेका हौं । अध्ययनको क्रममा छ, बेलुकासम्म दर्ता होला ।’
हिजो बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजिपी पदबाट हटाउँदै एआइजी डा.मनोजकुमार केसीलाई नियुक्त गरेको थियो । केसीले हिजै पदभार ग्रहण गरिसकेका छन् ।
-जनआस्थाबाट