गुल्मीमा पार्कीङमा राखेको जीप आफै गुडेर पल्टीयो

  • hamroaakha
  • / प्रदेश /
  • २०८१ श्रावण १८, शुक्रबार (८ महिना अघि)
  • ४२ पटक पढिएको

१८ साउन, गुल्मी
गुल्मीमा पार्किङ गरेर राखेको जिप आफै गुडेर पल्टिएको छ । धुर्कोट गाउँपालिका वडा न ६ करमचाल्नेमा लु ३ च ७१५३ नं को जिप पल्टिएर २० मिटर तल पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जिपले राम बहादुर सामतको टिनको छाना भएको कुटानी पिसानी मिल माथी खस्दा मिलमा क्षती पु¥याएको छ । शुक्रबार बिहान ६ बजेको समयमा घटना भएको र दुर्घटनामा कुनै मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।

चालक कमल जि।सीले घर नजिक पार्किङ्ग गरेर राखेको डबलक्याब जिप एक्कासी गुडेर पल्टिएको थियो । अहिले गाडि निकाल्ने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस