नवलपरासी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका गोपीप्रसाद पुन देउवा समूहमा प्रवेश गर्दै जिल्ला सह–संयोजकको जिम्मेवारी पाएका छन।
सुनवल निवासी पुनलाई देउवा समूहका संयोजक डा. शशांक कोइरालाले नवलपरासी जिल्ला सह–संयोजकमा मनोनीत गरेका हुन ।
पुन यसअघि संस्थापन पक्षबाट श्रमिक क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका थिए। निर्वाचनमा उनि ३५ मतको अन्तरले पराजित भएका थिए।