+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाट कांग्रेसद्वारा नवनिर्वाचित वडा सभापति र सचिवसँग अन्तरक्रिया

हाम्रो आँखा
२०८३ कार्तिक १३, बिहीबार १६:०२

बर्दघाट । नेपाली कांग्रेस बर्दघाट नगर कार्यसमितिले नवनिर्वाचित वडा सभापति तथा सचिवहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवं प्रदेशसभा सदस्य विश्वप्रेम पाठक र जिल्ला सचिव कुलदिप आचार्यले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले गगन थापाको नेतृत्वमा अघि बढेको रूपान्तरित कांग्रेसप्रति पछिल्लो समय आकर्षण बढ्दै गएको उल्लेख गर्दै पार्टीभित्रको एकता, सहकार्य र आपसी समन्वयलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा नगर सभापति सुकबहादुर गुरुङले स्थानीय तहको निर्वाचन नजिकिँदै गएको सन्दर्भमा पार्टीका नेता तथा कार्यकर्ताले नकारात्मकता चिर्दै सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए। उनले संगठनलाई थप सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध मजबुत बनाउन आवश्यक रहेको धारणा राखेका थिए।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति शम्भुलाल श्रेष्ठ, क्षेत्र नम्बर १(क) का सभापति सुरज केसीलगायत विभिन्न वडाका नवनिर्वाचित वडा सभापति तथा सचिवहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा पार्टी संगठनको अवस्था, आपसी समन्वय र आगामी राजनीतिक गतिविधिमा वडा तहको भूमिकालगायत विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ