नवलपरासी ।बर्दघाट नगरपालिका वार्ड नम्बर १६ को कार्यालय, नवलपरासीको आयोजनामा यही कार्तिक १७ गतेदेखि प्रथम बर्दघाट भेट्रान्स कप एट ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ।
बर्दघाट-१६ स्थित सुर्यनगर रंगशालामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने खेल संयोजक भिमकाजी गुरुङले जानकारी दिए।
साथै सहभागि टोलीहरूमा ३ जना ४० वर्ष, ४ जना ४५ वर्ष र १ जना ५० वर्ष पुगेका खेलाडी अनिवार्य हुनुपर्ने पनि खेल संयोजक गुरुङले बताए।