बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ मा मन्दिर पुनर्निर्माणका लागि धान्यान्चल महायज्ञ आयोजना हुने भएको छ ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र मन्दिरको पुनर्निर्माण गर्ने उद्देश्यले गङ्गावस्तिमा अस्तित्व संकटमा रहेको मन्दीरको जिर्णोद्द्वार गर्न महायज्ञ आयोजना गर्न लागिएको हो ।
महायज्ञमार्फत भक्तजन तथा स्थानीयवासीबाट सहयोग संकलन गरी मन्दिर पुनर्निर्माणको काम अघि बढाइने महायज्ञ मुल समारोह समिती संयोजक कमला पराजुली तिवारीले जानकारी दिईन ।
महायज्ञले धार्मिक आस्था र सामाजिक सद्भावलाई बलियो बनाउनुका साथै स्थानीयस्तरमा धार्मिक तथा सांस्कृतिक गतिविधिलाई समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।महायज्ञमा प्रसिद्ध कथावाचक पण्डित चन्द्रकान्त काफ्लेको प्रवचन रहने र विभिन्न झाकी,भजन र सास्कृतिक कार्यक्रमहरु रहने जनाईएको छ ।मन्दिर आफैमा जिर्ण अवस्थामा रहेको र मन्दीर हाता भित्रको जमिन संरक्षण सगै उचित ब्यवस्थापनका उदेश्य सहित महायज्ञ आयोजना गर्न लागिएको बताईएको छ ।
महायज्ञको सफल आयोजनाका लागि स्थानीयवासी, भक्तजन तथा सहयोगी दातालाई सहभागी भई सहयोग गर्न आयोजकले आग्रह गरेका छन् ।