+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चाडपर्व नजिकिए सगै नवलपरासीमा चोरीका घटना बढ्दो

हाम्रो आँखा
२०८३ कार्तिक १२, बुधबार १४:०८

नवलपरासी। चाडपर्व नजिकिए सगै पश्चिम नवलपरासीमा चोरीका घटना बढ्न थालेका छ्न ।विशेष गरि दशै तिहार जस्ता ठुला चाडपर्वहरु सुरु भएसगै दिनहुँ जसो चोरीका घटनामा वृद्धि भएको छ ।

जिल्ला प्रहरी कार्यलयको तथ्याङ्क अनुसार असोज र कार्तिक महिनाको १० गतेसम्म ८ वटा डाका चोरीका घटना भएकोमा चारवटा मुद्दा दर्ता भएका छन् ।

प्रहरीका अनुसार ब्यक्तिका घरहरुमा ब्यक्ति गत तथा समूहले घरमा प्रवेश गरी नगद तथा जिन्सी सामान चोरी गर्ने गरेका छ्न । त्यस्तै, साधारण चोरीका घटनामा घरका मालसामान चोरी भएको र चार जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

दर्ता भएका चोरीका घटनामध्ये सुनवल नगरपालिका,बर्दघाट नगरपालिकामा प्रतापपुर गाउँपालिका र रामग्राम नगरपालिकाबाट चोरीका घटना भएका छन् ।

प्रहरीका अनुसार चोरीका घटना प्रायः रातको समयमा घरमा कोही नभएको वा घर सुनसान रहेको मौका पारेर हुने गरेका छन् । साँझ ६ बजेदेखि बिहान ३ बजेसम्मको समयमा चोरी हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।

यसैगरी रामग्राम नगरपालिका–२ स्थित हटबजारबाट साँझ करिब ६ बजे दुईवटा मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा हुलियासहितको निवेदन प्राप्त भएको प्रहरीले जनाएको छ । चोरी भएका मोटरसाइकलको खोजतलासका लागि हुलिया परिपत्र जारी गरिएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले घरमा कोही नभएको अवस्थामा सुरक्षा सतर्कता अपनाउन, घर तथा सवारीसाधन सुरक्षित राख्न र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।चोरीका घटनामा सिसि क्यामेरा जडान भएका स्थानहरुमा प्रमाण संकलनलाई सहज हुने तर अन्य अवस्थामा हुलिया पहिचान र खोजिकार्यमा कठिनाई हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ