+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

किसानका अगुवा यादव केन्द्रिय सदस्यमा भिड्दै

हाम्रो आँखा
२०८३ आश्विन २२, बिहीबार १६:३२

 

काठमाडौ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा मधेसी क्लस्टरतर्फ उम्मेदवारी दर्ता गराएका यादव राजनीति भन्दा अघि किसान नेताको रुपमा संघर्ष गर्दै आएका ब्यक्ति हुन ।उनी लामो समय देखि उखु उत्पादक संघमा आवद्ध रहदै प्रदेश अध्यक्षको जिम्मेवारी समेत सम्हालिरहेका छ्न ।

किसानहरुका मुद्दा  सिंहदरबार सम्म पुर्याउने र खरो रुपमा सरकारलाई ध्यानाकर्षण गराउनेमा उनी समेत अग्रपंक्तिमा नै रहदै आएका छ्न ।बिगतमा भएका कयौ किसान आन्दोलनमा समेत उनी प्रत्यक्ष रुपमा सहभागी हुँदै आएका छ्न ।

“मेरो जिल्लाको एउटा ग्रामिण क्षेत्रमा बसेको पहुँच नपुग्ने सामान्य किसानको आवाज मैले सिंह दरवार सम्म पुर्याएको छु,सडकमा किसान सगै उभिएको छु,म आज पनि किसानकै छोरो हु,मेरो उम्मेदवारी सबै किसानको प्रतिनिधित्व पनि हो,एउटा किसानको छोरो किसानकै मुद्दा  युवाका मुद्दा  उठाउने हेतुले केन्द्रको ढोका खोल्न अघि बढ्दै छ ,सबैले साथ दिनुस”उनले भने ।

स्थानीय तहको नेतृत्वसँगै किसानका मुद्दामा सक्रिय रहँदै आएका यादवले पार्टीभित्र युवाको सहभागिता बढाउने, संगठनलाई थप गतिशील बनाउने र मधेसमा कांग्रेसको सांगठनिक आधार सुदृढ गर्ने एजेन्डासहित उम्मेदवारी दिएको उनले प्रष्ट्याएका छ्न ।

यादव लामो समयदेखि उखु किसानका समस्या उठाउँदै आएका नेता हुन्। उखुको बक्यौता भुक्तानी, न्यूनतम समर्थन मूल्य तथा किसानका अन्य समस्याबारे उनले विभिन्न समयमा सरकार र सम्बन्धित निकायमा आम किसानको आवाजलाई बुलन्द गराउँदै आएका छन्।

महाधिवेशनमा उम्मेदवारी घोषणा गर्दै यादवले बदलिँदो राजनीतिक परिवेशअनुसार कांग्रेसलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन्। युवालाई पार्टीसँग जोड्ने, संगठनलाई प्रभावकारी बनाउने तथा मधेसका जनताका सवाललाई पार्टीको केन्द्रीय तहमा थप प्रभावकारी रूपमा उठाउने उनको प्राथमिकता रहेको छ।

स्थानीय तहको नेतृत्व, किसानका मुद्दामा सक्रियता र संगठनात्मक अनुभवलाई आधार बनाएर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका यादवको प्रवेशसँगै कांग्रेस महाधिवेशनमा युवा नेतृत्व, किसानका सवाल र मधेसको प्रतिनिधित्वको सवालमा आफू सधै अडिग रहने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ