नवलपरासी को सुस्ता गाउँपालिका-१ रुपौलियामा गोदाम गरी राखिएको ११ लाख ६८ हजार ७ सय रुपैयाँ बराबरको भन्सार छलीको अवैध कपडा प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ७ बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त प्रहरी टोलीले रुपौलिया स्थित महेन्द्र चौधरीको घरको भान्छा कोठामा लुकाई छिपाई गोदाम गरी राखेको अवस्थामा ८९ पिस साडी, १०६ पिस कटिङ्ग वाला कुर्था सुरुवाल, १२ पिस कुर्था सुरुवाल, १८ पिस लेडिज टिसर्ट, ३२ पिस पुरुषको सेरवानी कुर्था सेट, १४ मिटर सुतिको थान कपडा, ५८ पिस कुर्था सुरुवाल र १९० पिस लुङ्गी गरी जम्मा ११ लाख ६८ हजार ७ सय रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको हो ।
बरामद सामग्री आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिए।
चाडपर्व नजिकिए सगै अवैध कारोबार समेत बढ्न थालेको छ ।