+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हास्य कलाकार जोगिन्दर पानवालाले केन्द्रीय सदस्यमा गरे उम्मेदवारी दर्ता

हाम्रो आँखा
२०८३ आश्विन २०, मंगलवार २१:४३

काठमाडौ ।चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ ले पेशागत बिज्ञ क्लस्टर बाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छ्न। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सर्लाही क्षेत्र नम्बर ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका रिजालले आज पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन।

सर्लाही क्षेत्र नम्बर ४ बाट उनी तेस्रो पटक महाधिवेशन प्रतिनिधि बनेका हुन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक महासङ्घमा महामन्त्री समेत रहेका रिजालले कला क्षेत्रका मुद्दा राजनीतिक तहमा प्रभावकारी रूपमा उठाउन नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको र गगन थापाको नेतृत्वले थप आशा जगाएको उनले बताए ।

नेपाल विद्यार्थी सङ्घ हुँदै नेपाली कांग्रेससँग जोडिएको आफ्नो राजनीतिक यात्रालाई अब पार्टीको केन्द्रीय तहसम्म अघि बढाउने उद्देश्यले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले बताए ।मुलुकका हरेक परिवर्तनमा काङ्ग्रेस भुमिका अहम रहेको र त्यसमा कलाकारिता मार्फत आफुले पुर्याएको योगदानको कदर गरिदिन समेत उनले सबै मतदातालाई आग्रह गरेका छ्न ।

पार्टीका विभिन्न कार्यक्रममा समेत उनले कलाकारिता मार्फत नयाँ पुस्तालाई काङ्ग्रेसमा जोडिन विभिन्न प्रस्तुतिहरु दिदै आईरहेका छ्न ।चिर परिचीत र चर्चित अनुहार जोगिन्दर पानवालाले सबै पेशागत ब्यक्तिहरु समेटिदा पार्टी भित्रको समावेशीता थप बलियो हुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ