+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपसभापतिमा चौधरीको मनोनयन : युवाको उर्जालाई समेटेर अघि बढ्ने प्रतिबद्धता

हाम्रो आँखा
२०८३ आश्विन २०, मंगलवार १५:१०

 

उपसभापतिमा चौधरीको मनोनयन : युवाको उर्जालाई समेटेर बढ्ने प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका नेता बिनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा समावेशीतर्फबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

चौधरीले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूसँग साथ, सहयोग र अमूल्य मतका लागि अपिल गरेका छन्।

उम्मेदवारी दर्ता गराएपछि उनले परम्पराको सम्मान गर्दै परिवर्तनको संकल्पका साथ नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र नयाँ दिशातर्फ अघि बढाउने बताएका छन्।

अर्थतन्त्रलाई बलियो बनाउन र यसको जग बसाल्ने खुला अर्थतन्त्रको नीति काङ्ग्रेसकै पहलमा सुरु भएको उल्लेख गर्दै उनले स्वदेशमै लगानीको बाताबरण तयार गर्न आफ्नो भुमिका रहने बताए ।”मेरो जीवन नै रोजगारी र उद्यमशिलतामामै ब्यतित भएको छ,मैले राजनीति कति बुझे भन्ने भन्दा पनि म जुन भूमिकामा रहेपनी देशलाई कसरी समृद्ध बनाउन सकिन्छ,कसरी युवाहरूलाई यहीँ रोक्न सकिन्छ भन्नेमानै सक्रिय छु”मनोनयन दर्ता गर्दै उनले भने ।

उनले कांग्रेसलाई नयाँ दिशातर्फ अघि बढाउन सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ