+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

श्रेत्रीय सभापतिमा श्रेष्ठ र माहाधिवेसन प्रतिनिधिमा बिनोद चौधरी सर्वसम्मत

हाम्रो आँखा
२०८३ आश्विन १२, सोमबार १०:२३

नवलपरासी। पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ निर्विरोध निर्वाचित हभएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनका क्रममा श्रेष्ठको सभापति पदमा माधव तिवारी र श्रेष्ठ दुई जनाको उम्मेदवारी परेकोमा तिवारीले अन्तिम समयमा फिर्ता लिएपछि श्रेष्ठ सर्वसम्मत भएका हुन ।
त्यस्तै महाधिवेशन प्रतिनिधिमा विनोद कुमार चौधरी र उमेश चन्द्र यादव पनि सर्वसम्मत भएका छ्न ।

क्षेत्रीय कार्यसमितिका २२ पदमध्ये १७ पदमा एकल उम्मेदवारी परेको छ। सचिव र सहसचिव पदमा भने प्रतिस्पर्धा देखिएको छ। दुई पदमा उम्मेदवारी नै परेको छैन। उम्मेदवारी फिर्ताका लागि तोकिएको समय साढे १० बजेसम्म रहेकाले केही पदमा सहमतिको प्रयास जारी रहेको निर्वाचन अधिकृत अधिवक्ता प्रकाश न्यौपानेले जानकारी दिएका छन्।

क्षेत्रीय कार्यसमितिमा सहसचिव महिलातर्फ अस्मिता कमारी पञ्जियार तथा महिला सदस्यतर्फ रिनाकुमारी गौचन गुरुङ र सुमित्रा चमारको एकल उम्मेदवारी परेको छ। खुला सदस्यतर्फ भीम खनाल, यमबहादुर थापा मगर, खेमलाल शर्मा अधिकारी र प्रभुनाथ प्रसाद कुशवाहाको उम्मेदवारी परेको छ।

युवा खुलातर्फ योगेन्द्र भण्डारी तथा खुला सदस्यतर्फ भोला प्रसाद चौधरी र उमेश यादवको उम्मेदवारी परेको छ। समानुपातिक समूहअन्तर्गत दलिततर्फ हरिप्रसाद सुवेदी, मधेसी महिलातर्फ लागमनी देवी गौड, मधेसी खुलातर्फ रामकोमल कोइरी र थारुतर्फ भुषाई चौधरीको एकल उम्मेदवारी परेको छ।

प्रतिनिधिसभा क्षेत्रसँगै प्रदेशसभा निर्वाचन क्षेत्रतर्फ पनि अधिवेशन प्रक्रिया अघि बढेको छ। प्रदेशसभा ‘क’ मा सभापति पदका लागि सुरज केसी र सूर्यप्रसाद न्यौपानेबीच प्रतिस्पर्धा हुने भएको छ। उपसभापतिका लागि नरबहादुर थापा, तिलकुमारी श्रेष्ठ र दशरथ मुरावले उम्मेदवारी दिएका छन्।

प्रदेश ‘क’ को १८ सदस्यीय कार्यसमितिमा पाँच पदमा एकल उम्मेदवारी परेको छ भने सात पदमा उम्मेदवारी परेको छैन। सचिवमा अशोक बराल, सहसचिव खुलातर्फ प्रदीपकुमार चौधरी र सहसचिव महिलातर्फ कौशिला चौधरीको एकल उम्मेदवारी परेको छ। मधेसीतर्फ उमेश तेली र थारुतर्फ शान्तीकुमार महतोको पनि एकल उम्मेदवारी परेको छ।

यता प्रदेशसभा ‘ख’ मा मानुकुमारी चौधरीसहित आठ जना सर्वसम्मत भएका छन्। १८ सदस्यीय कार्यसमितिका बाँकी पद तथा विभिन्न समावेशी समूहमा आवश्यक संख्याअनुसार उम्मेदवारी नपरेको जनाइएको छ।अन्य विभिन्न पदमा समेत सर्वसम्मत भएका छ्न  औपचारिक घोषणा हुन बाकी नै रहेको छ ।

निर्वाचन अधिकृत न्यौपानेका अनुसार उम्मेदवारमाथि दाबी–विरोधका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ। त्यसपछि अन्तिम नामावली प्रकाशन हुनेछ। एकभन्दा बढी उम्मेदवारी नपरेका पदमा दाबी–विरोध नभए सम्बन्धित उम्मेदवारलाई सर्वसम्मत भएको औपचारिक घोषणा निर्वाचन प्रक्रिया पूरा भएपछि गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ