+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनवल कांग्रेस नगर सभापतिमा यमलाल पाण्डे निर्वाचित

हाम्रो आँखा
२०८३ आश्विन १२, सोमबार ००:२०

नवलपरासी । नेपाली कांग्रेस सुनवल नगर सभापतिमा यमलाल पाण्डे निर्वाचित भएका छन्। आइतबार सम्पन्न नगर अधिवेशनअन्तर्गत भएको निर्वाचनमा पाण्डेले २०९ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी यज्ञप्रसाद पाण्डेले १३८ मत प्राप्त गरे।

निर्वाचनमा पाण्डे नेतृत्वको प्यानलका उम्मेदवारहरू नै विभिन्न पदमा निर्वाचित भएका छन्। उपसभापति (खुला) पदमा पविन गुरुङ २२९ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी गुप्तबहादुर केसी ‘राजू’ले ११३ मत प्राप्त गरे।

त्यस्तै, उपसभापति (महिला) पदमा निशा पराजुली २०२ मतसहित निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी राधिका खनालले १३८ मत प्राप्त गरिन्।

सचिव पदमा गंगाधर चापागाईं १९६ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी ज्ञानचन्द्र यादवले १४२ मत प्राप्त गरे। सहसचिव पदमा सुरज पाण्डे २०० मतसहित निर्वाचित हुँदा बबिता बस्याल भूसालले १३७ मत प्राप्त गरिन्।

निर्वाचन परिणामसँगै सुनवल नगर कांग्रेसको नेतृत्वमा यमलाल पाण्डे नेतृत्वको नयाँ कार्यसमिति चयन भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ