+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काङ्ग्रेस बर्दघाट नगर सभापतिमा सुक बहादुर सर्वसम्मत

हाम्रो आँखा
२०८३ आश्विन ८, बिहीबार १६:४२

नवलपरासी ।नेपाली काङ्ग्रेस बर्दघाट नगर सभापतिमा लामो रस्साकस्सी पछि तरुणदल जिल्ला अध्यक्ष सुक बहादुर सर्वसम्मत चयन भएका छ्न ।

सभापतिका उम्मेदवारी गरेका अन्यले फिर्ता लिएपछि भिमकाजी गुरुङ र सुक बहादुर कुरुङ बिच निर्वाचन हुने चरणमा पुगेको अवस्थामा अन्तिम समयमा भिमकाजी गुरुङले उम्मेदवारी फिर्ता लिएपछि सुक बहादुर सर्वसम्मत चयन भएका हुन ।

उम्मेदवारी फिर्ता लिदै भिमकाजी गुरुङले पार्टी अझै पनि पुरानै शैलीमा चलेको,विधि र पद्धतिमा नहिडेको बताउँदै नेतृत्व तह अझै पनि गुटको भुमरीमा रमाएको आरोप लगाए ।आफ्नो उम्मेदवारी संगठनलाई अप्ठ्यारो पार्ने नभै आम कार्यकर्ताको निर्वाचन नहोस भन्ने भावना अनुरुप फिर्ता लिएको उनले बताए ।”नेताहरूले सबै सिट बाडीसकेका छ्न,सबै आफ्ना मान्छे हरु सेट गरिसके,तर आम कार्यकर्तालाई अझै थाहा छैन,केन्द्रमा परिवर्तन हुँदा समेत जिल्लामा देउवा प्रवृत्ति देखिएको छ” उनले रोष प्रकट गरे ।

नव निर्वाचित सभापति सुक बहादुर गुरुङले पार्टी पङ्ती सबै तहलाई साझा रुपमा समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ