+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्व मन्त्री कलवारको कृयाशील सदस्यता आएन :के भन्छन त उनी ?

हाम्रो आँखा
२०८३ आश्विन ४, आईतवार ११:५८

नवलपरासी ।लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री,हालका प्रदेश सांसद एवम् काङ्ग्रेसका महासमिति सदस्य देवकरण प्रसाद कलवारको पछिल्लो कृयाशिल सदस्य अद्यावधिकमा नाम नभएपछि प्रतापपुर गाउँपालिका वडा नम्बर ६ को वडा अधिवेशन रोकिएको छ ।

कलावारको कृयाशिल सदस्यता न आएपछि वडा अधिवेशन अन्यौलमा रहेको बताईएको छ ।यस बारेमा जानकारी लिदा कलवारले कृयाशिल सूचिमा आफ्नो नाम नदेखिएको बताए ।”महामन्त्रीलाई फोन गरे,पार्टीका मुख्य सचिवलाई फोन गरेँ,उनिहरुले बुझ्छौ भनेर भनेका छ्न,१२ बजे सम्म हेरौ आए न आए पनि अधिवेशन प्रक्रिया त्यसपछि अघि बढाउनु पर्ला”उनले भने ।

फाल्गुन २१ मा सम्पन्न निर्वाचनमा पार्टीका उम्मेदवार लाई हराउन भूमिका खेलेको आरोपमा उनी सहित ४३ नेता कार्यकर्तालाई कारबाही सिफारिस गरिएको थियो ।सोही कारण पनि उनको सदस्यता न आएको हुन सक्ने समेत जिल्लामा अड्कल बाजि गरिएको छ ।तपाईलाई त कारबाहि सिफारिस गरिएको थियो यहि कारणले न आएको होकि भन्ने प्रश्नमा कलवारले भने -“त्यो कुरा त गगन थापाले कसैलाई कारबाही नगर्ने भन्ने सल्लाह भएको होनि,बुझ्दै छु अब हेरौ न आएपनी देखा जाएगा”उनले भने ।

नेपाली काङ्ग्रेसले निकै जोडबल र रस्साकसीका विच उनलाई लुम्बिनी प्रदेशको बन तथा वातावरण मन्त्री बनाएको थियो ।उनलाई मन्त्री बनाउन मुख्य भूमिका काङ्ग्रेस केन्द्रिय सदस्य विनोद चौधरीको रहेको बताईन्छ ।घण्टीका उमेदवारलाई सहयोग गरेको आरोपमा उनिमाथी कारबाही सिफारिस भएको जिल्लामा चर्चा छ ।उनलाई कारबाही भएको तर महाधिवेशनको माहोलमा सार्वजनिक नगरिएको हुन सक्ने समेत चर्चा हुन थालेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ