+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कम्तीमा १०० महिलालाई प्रमुखमा लडाउने हो : गगन थापा

हाम्रो आँखा
२०८३ आश्विन १, बिहीबार १७:०१

काठमाडौ ।नेपाली कांग्रेसका सभापति गगन थापाले आउँदो स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट कम्तीमा १०० महिलालाई प्रमुख पदको उमेदवार बनाइने बताएका छन् । बिहीबार (असोज १) सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले महिला सहभागितालाई बढाउने लक्ष्यसहित पार्टी अघि बढेको भन्दै सबैलाई एकजुट हुन आग्रह गरे ।

“कसैले कसैलाई रोक्ने, छेक्ने काम नगरौँ । पार्टीका साथीहरूलाई एकदमै धेरै ठाउँहरू सिर्जना गरिएको छ । नयाँ साथीहरूलाई पनि मौका छ, पुरानालाई पनि मौका छ,” उनले भने, “महाधिवेशनमा अहिले हजारौँ संख्यामा नवयुवाहरू आउँदै हुनुहुन्छ ।”

पार्टीलाई अघि बढाउने सबैको साथ चाहिनेमा उनले जोड दिए । “१०० जना महिलाहरूलाई प्रमुखमा लडाउने हाम्रो संकल्प हो,” उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ