नवलपरासी ।नवलपरासीको सरावल गाउँपालिकामा एक पुरुषले आफ्नै श्रीमतीको शरीरमा आगो लगाएर सख्त घाइते बनाएका छन् ।सरावल गाउँपालिका–२ जावा गाउँका ४० वर्षीया सोमराज चौधरीले ४२ वर्षीया मनकुमारीमाथि आगो लगाइदिएका हुन् ।
सामान्य घरायसी विवाद उत्पन्न भएपछि आवेगमा आएका सोमराजले गएराति श्रीमतीको शरीरमा तारपिनको तेल खनाएर आगो लगाइदिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर सोमनाथ ढकालले जानकारी दिए ।श्रीमानलाई हिजै पक्राउ गरी मुद्दा चलाउने तयारी भैरहेको ढकालले बताए ।
मादक पदार्थ सेवन गरेका उनले घरायसी विवाद निकालेर निउँ खोजेको स्थानीयको भनाई छ । आगो लगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगोबाट मनकुमारीको छाती र ढाड जलेको बताईएको छ ।
गम्भीर अवस्थामा रहेकी उनको भैरहवास्थित मल्टी स्पेष्लिष्ट अस्पतालमा उपचार भइरहेको छ । आगो लगाउने सोमनाथ पक्राउ परेको र उनीमाथि कानुनी प्रकृया अघि बढाउन लागिएको प्रहरीले जनाएको छ ।
तस्वीर :ए आई