अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो । सहमति हुन नसकेपछि निर्वाचनमार्फत अध्यक्ष चयन गरिएको हो । जिल्ला अधिवेशनका लागि कुल २४७ प्रतिनिधि रहेका थिए । २०९ मत खसेको थियो । जसमा रामभवन यादवले १३० मत ल्याएर निर्वाचित भएको निर्वाचन संयोजक सुधिर पाण्डेले जानकारी दिनुभयो ।
अन्य तीन जना प्रतिस्पर्धीमा रामजीबाबु पराजुलीले ४९, सन्तोष पाण्डेले २६ र देवी घिमिरेले १ मत पाउनु भएको थियो । निर्वाचन अघि आयोजित सभामा घिमिरेले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको थियो । अन्य ३ मत बदर भएको थियो ।
चार वर्षे कार्यकाल रहने जिल्ला समिति ३१ सदस्यीय हुने छ । अध्यक्ष र २४ जना सदस्यहरु मात्र निर्वाचन प्रकृयाबाट चुनिने व्यवस्था छ । बाँकी सात सदस्य जिल्ला समितिले मनोनित गर्ने छ । तिनै सदस्यहरुबाट एक जना महिलासहित तीन जना उपाध्यक्ष, सचिव एक, कोषाध्यक्ष एक, सहसचिव दुई र प्रवक्ता एक जना मनोनित हुने व्यवस्था रहेको निर्वाचन संयोजक पाण्डेले जानकारी दिनुभयो ।