रुपन्देही । खाद्य तथा उपभोग्य वस्तुको क्षेत्रमा सक्रिय हाइलाइफ फुड्सले आफ्नो उत्पादन दायरा विस्तार गर्दै दालको व्यवसायसमेत सुरु गरेको छ। कम्पनीले यस वर्षदेखि मुङ दाल, मुसुरो दाल, मुङ खोस्टा, रहर दाल र मास दाल गरी पाँच प्रकारका दाल बजारमा सार्वजनिक गरेको हो।
गत वर्ष बासमती चामल बजारमा ल्याएको हाइलाइफले नेपाली उपभोक्ताको दैनिक भान्सामा आवश्यक पर्ने प्रमुख खाद्य सामग्रीमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिअनुसार दालका नयाँ उत्पादन बजारमा ल्याएको जनाएको छ। नयाँ उत्पादनहरू आकर्षक प्याकेजिङसहित बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
हाइलाइफ फुड्सका अध्यक्ष अम्बिकाप्रसाद पौडेलका अनुसार कम्पनीले एफएमसीजी क्षेत्रमा हालसम्म २० भन्दा बढी उत्पादन बजारमा ल्याइसकेको छ। कुरुमकुरुम चिउरा, चोको प्लस, कर्नफ्लेक्स, मसौरा, बेसन, पिनट बटर, मुस्ली, केचप, जाम, बदाम, चिया सिड्स, पेस्तालगायतका उत्पादन बजारमा उपलब्ध रहेको उनले बताए।उत्पादन सगै गुणस्तरीयतालाई प्रमुख प्राथमिकतामा राखिएको पौडेलले बताए ।
कम्पनीका अनुसार नयाँ दालको रेन्जमा समावेश पाँचै उत्पादन नेपाली भान्सामा नियमित रूपमा प्रयोग हुने खाद्य सामग्री हुन्। गुणस्तर, प्याकेजिङ र सहज उपलब्धतालाई प्राथमिकतामा राखेर दाल बजारमा ल्याइएको कम्पनीको भनाइ छ।
हाइलाइफले बिहानको ब्रेकफास्टदेखि दिउँसोको लन्च र बेलुकाको डिनरसम्म आवश्यक पर्ने खाद्य सामग्री उपलब्ध गराउने ब्रान्डका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित उत्पादन विस्तारलाई तीव्रता दिएको जनाएको छ।
पछिल्लो समय विभिन्न खाद्य उत्पादनमा लगानी बढाउँदै आएको कम्पनीले किसान, उपभोक्ता तथा समुदायसँगको सहकार्यमा रोजगारी सिर्जना, उत्पादन क्षमता वृद्धि र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।
यसअघि चिउरा, कर्नफ्लेक्स, चोको प्लस, ओट्स, सोयाबिन, आटा, चियापत्ती, बेसनलगायतका खाद्य वस्तु उत्पादन तथा वितरण गर्दै आएको हाइलाइफले गत वर्ष बासमती चामल र यस वर्ष पाँच प्रकारका दाल थपेसँगै दैनिक भान्सामा आवश्यक खाद्य सामग्रीको क्षेत्रमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ।