+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतापपुर ७ का वडा अध्यक्ष यादव पकाउ

हाम्रो आँखा
२०८३ श्रावण २३, शनिबार १५:२५

नवलपरासी ।पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरेन्द्र यादब दाउन्ने बाट पक्राउ परेका छन । उनी विरुद्ध बिरुद्द ईलाका प्रहरी कार्यालय बेलाटारीमा जग्गा सम्बन्धि बिषयमा किर्ते र ठगि को जाहेरी परेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालययका सूचना अधिकारी डिएसपि मदन थापाले जानकारी दिए ।

नवलपरासी जील्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरिले अनुसन्धान अगाडि बढाएको थियो । यादवले आफुलाई पक्राउ नगर्नका लागि उच्च अदालत तुलसीपुर बुटवल इजलास बाट अल्पकालिन अन्तरिम आदेश लिएकोमा शुक्रबार उच्च अदालत बुटवल इजलासले अल्पकानिन आदेशलाई निरन्तरता दिनु आवश्यक नदेखिएको आदेश जारी गरेपछि निजलाई पक्राउ गर्ने बाटो खुलेको थियो ।

यादवलाई इलाका प्रहरी कार्यालय बर्दघाट बाट खटिएको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन थापाले बताए ।”आज बिदा भैहाल्यो अब अदालत खुलेपछि म्याद थपका लागि उपस्थित गराईन्छ”डिएसपी थापाले भने ।उक्त जग्गा प्रकरणमा मालपोत कार्यालय परासिका कर्मचारीको समेत मिलेमतोको आसङ्का गरिएकाले उनिहरु समेत अनुसन्धानमा तानिन सक्ने प्रहरीको भनाई छ ।

यस विषयमा जानकारी लिन पक्राउ परेका अध्यक्ष यादव सग सम्पर्क गर्ने कोसिस गर्दा उनको अफिसियल मोबाईल स्विच अफ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ