+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेवाग्राही सँग घुस मागे सिधै सम्पर्क गर्नु

हाम्रो आँखा
२०८३ श्रावण १४, बिहीबार २१:३३

बर्दघाट, नवलपरासी। बर्दघाट वितरण केन्द्र, नवलपरासीले कार्यालय प्रमुखको नाम, पद वा अधिकारको दुरुपयोग गरी सेवाग्राहीसँग घुस माग्ने, आर्थिक लाभ लिने वा अन्य कुनै पनि प्रकारको अनियमित गतिविधि गर्ने कर्मचारीबारे जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

वितरण केन्द्रले सूचना जारी गर्दै आफ्नो मातहतमा कार्यरत कुनै कर्मचारीले कार्यालय प्रमुखको नाम, पद वा अधिकारको दुरुपयोग गर्दै कुनै व्यक्ति वा सेवाग्राहीसँग घुस माग्ने, आर्थिक लाभ लिने वा कुनै पनि अनियमित कार्य गरेको पाइएमा तत्काल ९८५७०८१०७३ नम्बरमा जानकारी गराउन अनुरोध गरेको हो।

 

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ