+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वडा कार्यालय जाने कालोपत्र बाटो खाल्डाखुल्डिले दुर्घटनाको जोखिम बढ्दो

हाम्रो आँखा
२०८३ श्रावण ७, बिहीबार १५:३९

नवलपरासी ।बर्दघाट नगरपालिका वडा नम्बर १४ को गङ्गाबस्ती चोकदेखि वडा कार्यालय जाने कालोपत्रे बाटो खाल्डा खुल्डीका कारण दुर्घटनाको जोखिम बढेको छ ।लामो समय देखि मर्मत हुन नसक्दा कालो पत्रे विभिन्न ठाउँमा उप्किएर पानी जम्ने खाल्डा परेका छन ।

सडक खाडल भएका कारण साना देखि भारी मालबहाक सवारीसाधन दुर्घटनामा पर्ने जोखिम उत्तिकै बढेको छ ।केही महिना अगाडि सडक खाडल भएका कारण ट्याक्टर पल्टिएको थियो ।मानवीय क्षती भने भएन ।कयौ पटक दुई पाङ्ग्रे सवारी साधन समेत पल्टिने गरेका छ्न ।वडा कार्यालय जाने मुख्य पहुँच मार्गकै यस्तो अवस्था हुँदा नागरिकले दिनहुँ हैरानी ब्योहोर्नु परेको छ ।

“बाटो खाडल नपरेको कहि छैन,ग्राभेल सडक भन्दा कालोपत्र सडक उप्किदा झन जोखिम हुने रहेछ,यत्रो समय सम्म किन बनाउने चासो नभएको हो,बेलैमा बनाए रकम पनि कम लाग्ने थियो,पुरै नभत्किए सम्म बन्दैन जस्तो छ”बर्दघाट १४ का स्थानीय बिजय पाण्डेले भने ।

वडा नम्बर १४ का वडा सदस्य बिरबहादुर कुँवरले गत बर्ष भत्किएको यहि बाटो मर्मतका लागि २७ लाखको ठेक्का आह्वान गरिए पनि ठेक्का नलागेको जानकारी दिए ।”अघिल्लो बर्ष बजेट परेको थियो अहिले पनि नगरका कुरा राखेका छौँ,खाता सञ्चालन भएपछि हुन्छ भन्ने आशामा छौँ”उनले भने ।बनाईएका सडकहरु गुणस्तर नहुदा अर्को बर्ष अर्को नयाँ बाटो बनाईनु पर्नेमा पुरानै टाल्नु पर्ने अवस्था छ गुणस्तरको काम होस अल्लि बर्ष टिक्ने खालको बनोस भन्ने हो”एक स्थानीयले भने ।

स्थानीय अगुवा माधव तिवारीले केही महिना अघि ट्याक्टर पल्टिएको दृश्य सहित सामाजिक सन्जाल मार्फत खाल्डाखुल्डी सडक तत्काल मर्मत गर्न स्थानीय तहको ध्यानाकर्षण गराएका थिए ।तर लामो समय बित्दा समेत बाटो दिनहुँ थप भत्किदै गएको छ ।त्रिबेणि देखिका सर्वसाधारणहरु समेत दिनहुँ यहि बाटो हिड्ने गरेका छ्न ।मुख्य शाखा सडक भएका कारण यो सडकमा सवारीको चाप बढी हुने हुनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ