+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवलपरासीमा रेबिज भ्याक्सिन र सर्पदंश एन्टिभेनम अभाव:केन्द्रको मुख ताक्दै प्रदेश

हाम्रो आँखा
२०८३ श्रावण ३, आईतवार १७:४३

नवलपरासी ।पश्चिम् नवलपरासीमा पछिल्लो समय सर्पदङ्शका बिरामीलाई दिईने एन्टिभेनमको अभाव छ ।विशेष गरी गर्मी बढेसगै जिल्लामा सर्पको बिगबिगी रहेको छ भने सर्पको टोकाईबाट दैनिक जस्तो १२/१५ जना बिरामीहरु उपचारका लागि अस्पताल पुग्ने गरेका छ्न ।

नवलपरासीको त्रिबेणि स्थित्त नेपाली सेनाको ब्यारेक,जिल्लाको पृथ्वीचन्द्र अस्पताल र बर्दघाट नगरपालिकामा रहेको चिसापानी नगर अस्पतालमा मात्रै सर्पदङ्शका बिरामिको पहिलो चरणको उपचार हुने गरेको छ ।

पृथ्वी चन्द्र जिल्ला अस्पतालका ईमर्जेन्सी ईन्चार्ज श्याम सुन्दर चौधरीका अनुसार जिल्ला अस्पतालमा अहिले ४५ वटा मात्रै भाईल मौज्दात रहेको छ ।दैनिक ६/७ जना सर्पले टोकेका बिरामीहरु आउने गरेको र अवस्था हेरेर अधिकतम सम्म भाईल दिनु पर्ने अवस्थाका कारण उक्त परिमाणको भाईल ज्यादै न्यून हुने उनले बताए ।”हामिले एउटै ब्यक्तिलाई न्युनतम १० भाईल देखि २५/३० भाईल सम्म अवस्था हेरेर लगाउछौ तर यहाँ आईसियु नभएका कारण बुटवल या भैरहवा रेफर गर्नु पर्छ”चौधरीले भने ।

बर्दघाट स्थित चिसापानी अस्पतालमा समेत एन्टिभेनम सकिएको अस्पतालका जन्स्वास्थ्य अधिकृत रमेश न्यौपानेले जानकारी दिए ।”माग गरेपछि प्रदेशको स्वास्थ्य बिभागले अहिले जम्मा १० भाईल मात्रै दिएर पठाएको छ,यतिले त पुग्दै पुग्दैननी”उनले भने ।

यता लुम्बिनी प्रदेश स्वास्थ्य बिभागका निर्देशक डा.राजेन्द्र गिरिले भनेजस्तो अभाव नभएको दावी गरे ।आफुहरुले आवश्यक ठाउँहरुमा भेनम पठाईरहेको उनले बताए ।”पर्याप्त चाहिँ छैन यो कुरा हो तर अभाव नै छैन,बरु केन्द्रले टेन्डर प्रक्रिया ढिलाई गरेका कारण रेबिजको भ्याक्सिन अभाव छ”गिरीले भने ।किन प्रयाप्त नभएको भन्ने प्रश्नमा आफुहरु केन्द्रको मिडियेटर जस्तो मात्रै भएकाले केन्द्रले पठाएका आधारमा नै कोटा पुर्याउनु पर्ने परिस्थिति रहेको उनको भनाई छ ।त्यसैले यस बिषयमा केन्द्रिय स्वास्थ्य बिभागमा नै थप बुझ्न उनले सुझाए ।

प्रदेश सरकाले अभाव नभएको दावी गरेपनी अभाव रहेका अस्पतालहरु भने यो स्विकार्दैनन ।”हामिलाई गत बर्ष २ सय भाईल पठाउने गरिएकोमा त्यसले पुगेन लिन जादा अड्कलेर न्यून दिनु हुन्छ त्यो ज्यादै अपुग हो”चिसापानी अस्पतालका जनस्वास्थ्य निर्देशक न्यौपानेको भनाई छ ।

जिल्ला अस्पताल र अन्य अस्पतालहरुमा आईसियु र भेन्टिलेटरको ब्यवस्था नहुदा सर्पदङ्शका बिरामीहरुलाई अन्यत्र रिफर गर्नु पर्ने अवस्था रहेको छ ।जिल्ला अस्पतालमा बर्षौ देखि आईसियु उपकरण थन्किएको छ ।अस्पतालहरुके अभावको गुनासो गरिरहदा सम्बन्धित सरोकारवाला भने उदासीन देखिएका छ्न ।सर्पदङ्श मात्रै होईन जिल्लामा रेबिज भ्याक्सिन समेत चरम अभाव देखिएको छ ।सरकारले समयमै ब्याक्सिन पठाउन नसक्दा नागरिकहरु महङ्गो शुल्क तिरेर निजि स्वास्थ्य सस्थामा गएर भ्याक्सिन लगाउन बाध्य छ्न ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ