+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फागुन मसान्त सम्म खजुरा पुलको निर्माण सकिने,थप ५ करोड बजेट बिनियोजन

हाम्रो आँखा
२०८३ श्रावण १, शुक्रबार १३:२३

नवलपरासी ।पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने बहु प्रतिक्षित खजुरा पुल ५ बर्ष बित्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन ।२०७९ चैत्र १२ गते प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले शिलान्यास गरेको यो पुल अहिले सम्म पनि निर्माणाधीन अवस्थामै छ ।

२०७७ साल पुषमा निर्माण कम्पनी श्रीमृत सन्जिवनी सेवासंग ठेक्का सम्झौता भइ २०७९ चैत्र बाट काम सुरु भएको पुलको निर्माण कार्य पुर्ण गतिमा अघि बढ्न सकेको छैन । नौ करोड ७७ लाखको लागतमा निर्माण हुने भनिएको पुल बजेट अभावमा अलपत्र बनेको हो । ७५ मिटर लम्बाई र ११ मिटर चौडाई रहने पुलको निर्माण कार्य ३० महिना भित्र सक्नु पर्ने थियो ।

पुलको अहिले पिल्लर निर्माण भएको छ भने एउटा स्ल्याब ढलान भएको छ ।बजेट अभाव र विभिन्न कारण पटक पटक म्याद थप्दै आईएको पुल समयमै निर्माण सम्पन्न नहुदा बर्षायाममा नागरिकले सास्ती खेप्दै आएका छ्न भने विद्यार्थीहरु चुनौतीपूर्ण रुपमा खोला तर्न बाध्य छ्न ।

काम अगाढी बढ्ने र रोकिने गरेकाले अझै पनि समयमै पुल निर्माण नहुनेहोकी भन्ने आशङ्का समेत उब्जिएको छ भने पुलका नाममा बिगत देखि नै जस लिने होडबाजी र राजनीतिकरण हुँदै आएको छ ।यस बिषयमा जानकारी लिदा फागुन मसान्त सम्म पुल निर्माण सम्पन्न हुने पुल सेक्टर नेपालगन्जकि योजना प्रमुख सबिना रानाभाटले जानकारी दिईन ।”अहिले पुलका लागि थप ५ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ,सायद दुई तीन करोड भन्दा बढी लाग्दैन होला,भदौ पछि काम सुरु गरेर फागुनमा सक्ने लक्ष्य हो”रानाभाटले भनिन ।

बिगतमा न्यून रकम बिनियोजन र ढिलासुस्ती भएकोमा अब भने पर्याप्त बजेट भएकाले तोकिएको समयमै निर्माण सम्पन्न गरिने उनको दावी छ ।

पुल निर्माण नहुदा ह्युम पाईप राखेर बैकल्पिक ब्यवस्था गरिदै आएपनी बर्षातको समयमा बाढिले बगाउने गर्दा सर्वसाधारणहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छ्न ।

 

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ