+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पालडाँडामा आयुर्वेदिक चिकित्सा सेवा

हाम्रो आँखा
२०८३ असार २५, बिहीबार १९:०४

बर्दघाट- ५ पाल्डाडामा आयुर्वेद औषधालय नागरिक आरोग्य सेवा केन्द्रको सुरुवात गरिएको छ ।

बर्दघाट नगरपालिका भित्र रहेका समुदायहरुको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागी उक्त सेवाकेन्द्र स्थापना गरिएको हाे ।
सेवा शुभारम्भको अवसरमा बाेल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले अहिलेको परिवेशमा  खानपानका कारण मानवीय स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै स्वास्थ रहनका लागि योग र आरोग्य सेवा लिई आम नागरिकलाई नि :शुल्क आफ्नो स्वास्थ्य जाँच गराउन समेत अनुरोध गरे।

उपप्रमुख रुद्रप्रकाश उपाध्यक्षले आम नागरिकलाइ विशेष खान पिनमा ध्यान दिन र आरोग्य सेवा केन्द्र को भरपुर उपयोग गर्न अनुरोध गरे ।

यसै गरि आरोग्य सेवा केन्द्रले आम नागरिकहरुले सबै खालका समस्याको उपचार नि :शुल्क रुपमा प्राप्त गर्न सक्ने जनाईएको छ ।
कार्यक्रममा बोल्दै वडा नम्बर ५ का अध्यक्ष बिमला गुरुङ ले आयुर्वेद बिधिको पछिल्लो समय मह्त्व बढ्दै गएकाले सबैलाई लाभ लिन अनुरोध गरिन ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ