नवलपरासी।नेपाली कांग्रेसले नेपाल तरुण दल नवलपरासीका अध्यक्ष, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा बर्दघाट नगरपालिका–१६ का पूर्व वडाध्यक्ष सुकबहादुर गुरुङका पिता नरजित गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
पार्टीको केन्द्रीय कार्यालयले आईतवार शोक वक्तव्य जारी गर्दै स्वर्गीय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित वक्तव्यमा सुकबहादुर गुरुङका पिताको निधनले पार्टीलाई मर्माहत बनाएको उल्लेख गरिएको छ।
नेपाली कांग्रेसले शोकको यस घडीमा गुरुङ परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै दुःख सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ। शोक वक्तव्यमा नेपाली कांग्रेसले दिवंगतप्रति सम्मान व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको हो।
गुरुङको निधनमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश र दरुणदल केन्द्रले समत शोक व्यक्त गरेका छ्न ।

स्वर्गीय गुरुङको ९२ बर्षको उमेरमा निधन भएको हो ।नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले समेत आज गुरुङकै निवासमा शोक शभा आयोजना गरी समबेदना प्रकट गरेको छ ।