+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रहरी हुँ भन्दै बर्दघाट पसलबाट मोबाईल ठगी,खोजी गर्दै प्रहरी

हाम्रो आँखा
२०८३ असार १७, बुधबार १४:२५

नवलपरासी ।प्रहरी हुँ भन्दै ठगी गर्ने एक जनाविरुद्ध उजुरी परेको छ । पीडितले इलाका प्रहरी कार्यालय,देवदहमा मौखिक उजुरी दिएका छन् । घटना गत शनिबारको हो, बर्दघाट स्थित नवदुर्गा मोबाईल सेन्टरबाट रुपन्देहीको देवदह नगरपालिका–१० घर भएका यमबहादुर थापाले ५० हजारको मोबाइल खरिद गरे । नगद नदिएर ग्लोबल आईएमई बैंकको चेक दिए ।

तर,चेक साट्न जाँदा खातामा पैसा नभएको खुल्यो । प्रहरी हुँ भन्दै विश्वास दिलाएर   हजार मोबाइल लगेको व्यक्तिले दिएको चेक नसाटिएपछि पीडित ओम प्रकाश डुम्रेले प्रहरी कार्यालय गुहारे ।”प्रहरी हु भन्दै आए नागरिकताको फोटो दिए अनि चेक दिए,चेक साट्न जादा खातामा मौज्दात नभएको डुम्रेले बताए”उनले देवदह खैरेनीका दिब्यज्यो ती र सापकोटा मोबाईल पसलबाट समेत मोबाईल लगेको बताईएको छ ।

प्रहरीले उनको खोजी गरिरहेको छ । कार्यालयका इन्स्पेक्टर भीमसेन विष्टका अनुसार प्रहरी टोली देवदहस्थित उनको घर गएको थियो तर,उनले घर बेचिसकेको पाइयो । ‘अनुसन्धान भइरहेको छ । उनी देवदह र श्रीमतीचाँहि पाल्पाको रिब्दिकोटको रहेछन् । उनीहरुले घर बेचिसकेको पाइयो । फोन पनि अफ छ । खोजी गरिरहेका छौं बिष्टले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ