+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाटमा आधुनिक फिजियोथेरापी सेवा सञ्चालनमा

हाम्रो आँखा
२०८३ असार १३, शनिबार २३:१४

नवलपरासी।पश्चिम नवलपरासीको बर्दघाट–४ शिवनगर कोलोनीमा Bardaghat Spine & Sports Physiotherapy सञ्चालनमा आएको छ। शनिबार थेरापी सेन्टरको उद्घाटनसँगै नियमित सेवा सुरु गरिएको हो।

उद्घाटनका अवसरमा स्थानीय बिरामीहरूको उपस्थितिमा स्वास्थ्य परीक्षण गरिएको थियो। उद्घाटनकै दिन २३ जनालाई निःशुल्क फिजियोथेरापी सेवा प्रदान गरिएको सञ्चालक युवराज डुम्रेले जानकारी दिए ।

थेरापी सेन्टरमा अनुभवी फिजियोथेरापिस्टमार्फत ढाड तथा घाँटी दुखाइ, जोर्नी तथा मांसपेशीसम्बन्धी समस्या, पक्षघात (स्ट्रोक) पछिको पुनर्स्थापना, खेलकुदजन्य चोटपटक, स्नायु तथा हड्डीसम्बन्धी समस्या, शल्यक्रियापछिको पुनर्स्थापना लगायतका विभिन्न फिजियोथेरापी सेवाहरू उपलब्ध गराइने जनाइएको छ।

सञ्चालक समुहका डा. युवराज यादवका अनुसार आधुनिक उपकरण, गुणस्तरीय सेवा र बिरामीमैत्री वातावरणमार्फत बर्दघाट तथा आसपासका नागरिकलाई सहज, प्रभावकारी र विश्वसनीय फिजियोथेरापी सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो।

यस केन्द्र सञ्चालनमा आएपछि विशेषज्ञ फिजियोथेरापी सेवाका लागि बुटवल, भैरहवा वा चितवनसम्म जानुपर्ने स्थानीयवासीको बाध्यता कम हुने विश्वास सञ्चालक पक्षले व्यक्त गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ